कानपुर–इलाहावाद सडकमा भएको दुर्घटनामा १६ जनाको मृत्यु एजेन्सी। भारत उत्तर प्रदेशको कानपुर–इलाहावाद राजमार्गमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। तीव्र गतिमा आइरहेको बसले एक लोडरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको तत्काल अनुसन्धान गर्न निर्देशन दिँदै मृत्यु भएकाका परिवारलाई दुई लाखका दरले राहत दिने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्