बूढानीलकण्ठ कार दुर्घटनाः चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौ। २८ मंसीरमा एकजनाको ज्यान जाने गरी बूढानीलकण्ठमा भएको दुर्घटनाका चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले चालक पृथ्वी मल्ललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

अभियुक्त मल्लले मदिरा सेवन गरेर गाडी चलाउँदा सडक पेटीमा हिंडिरहेकी पैदलयात्रु लीला देवकोटाको मृत्यु भएको थियो। मल्लमाथि अदालतमा दायर भएको अभियोग पत्रमा तीन वर्षदेखि १० वर्षसम्मको सजाय माग गरिएको छ।

पढ्नुहाेस्ः

डरलाग्दो दुर्घटना गराउने गाडीमा आफू पनि रहेको स्वीकार्दै नायिका परमिताले मागिन् माफी

प्रतिक्रिया दिनुहोस्