प्याब्सनका सल्लाहकार महर्जनको कोरोना संक्रमणबाट निधन काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय प्राज्ञिक सल्लाहकार राजकुमार महर्जनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपलसमेत रहेका महर्जनको आज ५२ वर्षको उमेरमा निधन भएको हो। गत वैशाख १२ गते उपचारका लागि उनलाई बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो। उनी दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका थिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्