बर्दिबासमा दाजुभाइ मृत फेला काठमाडौं। महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन्। करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेको अवस्थामा मृत भेटिएका थिए। उनको सहोदर भाइ ३४ वर्षीय रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन्। दुवै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्