७६० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
<p>काठमाडौं। ७६० ग्राम सुनसहित एकजना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।</p>
<p>विमानस्थल सुरक्षा कार्यालयले आज भारत छत्ररपुर मध्य प्रदेश भोपालका मोहम्मद तोसिदलाई सुनसहित पक्राउ गरेको हो।</p>
<p>प्रहरीका अनुसार मोहम्मद बैंककबाट थाई एअरलाइन्समा काठमाडौं आएका थिए। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
