छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु काठमाडौं। पाँचथर, कास्की र चितवन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको टारीस्थित सडकमा प्रदेश–१–०१–००१च७६९१ नम्बरको गाडी आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका मेथलाङमा ग.१क३१८७ नम्बरको मिक्सचर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिकामा ना.३६प२१९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्