‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने भएको छ। आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन यो कार्यक्रम समावेश गरेको जानकारी दिइएको हो। स्थानीय तहसँगको सहलगानीमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ। यीसँगै मातृभाषामा पाठ्यक्रमको विकास गर्ने र महिला छात्राबासको सुदृढिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्