काठमाडौं। प्रहरीले काठमाडौंबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ का २० वर्षीय आशिष थापा र झापा कमल गाउँपालिका–५ का १९ वर्षीय ऋतुहाङ्ग लावती छन्।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले २२ पुस साँझ उनीहरूलाई काठमाडौंका छुट्टछुट्टै स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट २२४ ग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको ब्यूरोले जनाएको छ।
विशेष सूचनाको आधारमा लामो समयदेखिको सूचना संकलन, विश्लेषण एवं निगरानी पश्चात उनीहरूलाई पक्राउ गरिएको ब्यूराको दाबी छ।
थापालाई गोकर्णेश्वर–८ सडक किनारबाट तीन ग्राम र लावतीलाई काठमाडौं महानगरपालिका–६, महाकांल पानीट्यांकीबाट पाँच ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो।
बाँकी २१६ ग्राम उनीहरूको कोठाबाट बरामद गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका थापा र लावतीउपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।