बालिका बलात्कार आरोपमा पक्राउ <p>रामेछाप। रामेछाप प्रहरीले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p>रामेछाप नगरपालिका&ndash;१ खुर्पाती बस्ने विक्रम भुजेललाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।</p> <p>भुजेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साघुटार र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।&nbsp;<br /> &nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्