दैलेख। दैलेखमा दुई दिनमा ९३ छाउगोठ भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले दैलेखका पश्चिम क्षेत्रका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको हो।
जिल्लाको पश्चिममा समस्याका रूपमा रहेको छाउप्रथालाई निरूत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउगोठ भत्काइएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र क्षेत्रीले जानकारी दिए।
प्रहरी निरीक्षक उपेन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसहितको संयुक्त टोलीले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै २१ पुसदेखि छाउगोठ भत्काउने अभियान थालेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार आठबीसमा २०, चामुण्डाबिन्द्रासैनीमा ४६ र अन्य विभिन्न स्थानीय तहमा २७ छाउगोठ २२ पुस साँझसम्म भत्काइएको छ।
२१ र २२ पुसमा विभिन्न स्थानमा खटिएका प्रहरीको टोलीले छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छाउगोठ भत्काएपछि कतिपय महिला अहिले पनि गाई वा भैंसी गोठमा बस्ने गरेका भन्ने जानकारी प्राप्त भएकाले यसको पुनः अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्ने बताए। रासस