काठमाडौं। सन्तोष साहुखल 'ए' डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी भएका छन्। जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै साहुखलले १०० गोल पूरा गरेका हुन्।
दशरथ रंगशालामा हेमन्त थापामगरले हानेको फ्रिकिक नेपाल पुलिस क्लबका गोलकिपर कुमार चौधरीले राम्रो बचाउ गर्न नसेकेको बललाई पेनाल्टी क्षेत्रमा रहेका सन्तोषले वायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए।
गौरब बुढाथोकीलाई पुलिस क्लबका खेलाडीले फाउल गरेपछि च्यासलले फ्रिकिकको अवसर पाएको थियो।
यो गोलसँगै सन्तोषको शहीद स्मारक ‘ए’ डिभजिन लिगमा १०० गोल पुरा भएको हो। लिगमा १०० गोल पुरा गर्ने उनी पहिलो खेलाडी हुन्।
सन्तोषले लिगमा पहिलो गोल थ्री स्टार क्लबबाट २०६० असार १० गते संकटा क्लबका लागि गरेका थिए। १६ वर्षपछि सन्तोषले लिगमा १०० गोल पुरा गरेका हुन्।
नियमित लिग नहुने भएपछि जापान भासिएका सन्तोष गत वर्ष नै लिगमा १०० गोलको कोशेढुंगा बनाउने लक्ष्य सहित च्यासलबाट लिग खेल्न आएका थिए। तर अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल तालिका परिवर्तन गरिरहेका कारण उनको १०० गोलको धोको पुरा हुन सकेको थिएन।
गत वर्ष च्यासलबाट ३ गोल गरेका सन्तोषले जारी लिगमा ४ गोल गरिसकेका छन्।
पढ्नुहोस्
१००औं गोलको खोजीमा सन्तोष साहुखल
" /> काठमाडौं। सन्तोष साहुखल 'ए' डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी भएका छन्। जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै साहुखलले १०० गोल पूरा गरेका हुन्।

">