काठमाडौं। पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज चीन डिपोर्ट गरिंदैछ। अध्यागमन विभागका अनुसार आज साँझ उनीहरूलाई चीन डिपोर्ट गर्न लागिएको हो।
चिनियाँ नागरिकलाई लिन चीनबाट दुई वटा चाटर्ड जहाज आउँदैछन्। एउटा जहाज ३:५५ र अर्को ५:४५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडाैं आइपुग्नेछन्। एउटा जहाजमा ४२ र अर्काेमा ८० जना फर्किनेछन्।
३:५५ मा चाइना इस्टनको एमयू७१७५ र ५:४५ चाइना साउदर्नको सीजेड ३००१ जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्।
स्रोतका अनुसार चिनियाँ प्रहरी चार दिन अघि नै नेपाल आइपुगेका थिए।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले ७ पुसमा काठमाडौंको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो।
२० पुसमा अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार जरिवानाको फैसला सुनाएको थियो। अभद्र व्यवहारमा अधिकतम १० हजार रूपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान छ।
चिनियाँ नागरिकले पर्यटक भिसामा आएर अवैधरूपमा सङ्गठित काम गरेका थिए। उनीहरूले कसूर स्वीकार गरेका काठमाडौंका प्रजिअ दाहालले देखापढीलाई बताएका थिए।
प्रशासनले एक हजार जरिवाना तिराएपछि उनीहरूलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको थियो। नेपालस्थित चिनियाँ दूतावासले उनीहरूको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ।
अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरूपमा बस्दै आएकालाई दुई हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। विभागका अनुसार ३४ जनाको प्रवेशाज्ञा सकिएको फेला परेको छ।
उनीहरूलाई अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ मा टेकेर सो निर्णय गरिएको हो। ऐनमा कसूरको प्रकृतिअनुसार ५० हजार रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।