विद्यार्थी पढाउने कम्प्युटरमा माकुराको जालो
भद्रपुर। झापाको बाह्रदशी गाउँपालिका- १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटरहरु प्रयोगबिहीन छन्।

गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका- १ ले सो विद्यालयलाई १९ कम्प्युटर दिएका थिए।

गाउँपालिकाले कम्प्युटर पढाउन तीन जना घुम्ती शिक्षक नियुक्तसमेत गरेको छ।

शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन्।

प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयसँग कम्प्युटर शिक्षक नभएको र गाउँपालिकाका घुम्ती शिक्षक नियमित नआउँदा दाताले दिएका कम्प्युटर प्रयोगविहीन भएको  बताए।

“घुम्ती शिक्षक हुनुहुन्छ, कहिले महीनामा एकपटक त कहिले १५ दिनमा आउनुहुन्छ”,  प्रअ बुढाथोकीले भने।

कक्षा ५, ६, ७ र ८ मा कम्प्युटर विषय पढाइ हुन्छ।  विद्यार्थीले व्यवहारिकताबिना किताबका सैद्धान्तिक शिक्षा पढेका र सुनेका भरमा परीक्षा दिन विवश रहेका छन्।

आदिवासी राजवंशी समुदायको बाहुल्य रहेको बाह्रदशी गाउँपालिकामा पाँच माध्यमिक तहसहित १६ सामुदायिक विद्यालय छन्।

ती विद्यालयमा कम्प्युटर पढाउन गाउँपालिकाबाटै तलब खुवाउने गरी तीन जना घुम्ती शिक्षक नियुक्त गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल बताउँछन्।

न्यून संख्यामा रहेका कम्प्युटर विषयका शिक्षकले विभिन्न विद्यालयमा आलोपालो पढाउनुपर्ने बाध्यता रहेको हुँदा समस्या भएको उनले बताए।

विद्यालयमा कक्षाकोठा र शिक्षक दरबन्दीको समेत अभाव छ ।

प्रतिक्रिया दिनुहोस्