इरानमा युक्रेनी विमान दुर्घटना अपडेट: १७० जनाकै मृत्यु
<p>काठमाडौं। इरानमा भएको युक्रेनी विमान दुर्घटनामा १७० जनाको मृत्यु भएको छ। राजधानी तेहरानको इमाम खामेनी एअरपोर्टबाट उडेलगत्तै दुर्घटनामा परेको विमानमा सवार सवैको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। </p>
<p>यसअघि प्रारम्भिक जानकारीमा युक्रेनी अधिकारीहरूले विमानमा १८० जना रहेको बताएका थिए। इरानी सरकारी टेलिभिजनले पनि विमानमा रहेका १७० जनाकै मृत्यु भएको जनाएको छ।</p>
<p>युक्रेनको राजधानी केइभका लागि उडान भरेलगत्तै युक्रेन इन्टरनेशनल एअरलाइन्सको बोइन ७३७ विमान दुर्घटनामा परेको थियो। प्राविधिक समस्याका कारण विमान दुर्घटनामा परेको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
