काठमाडौं। युक्रेनको एउटा विमान इरानमा दुर्घटनाग्रस्त भएको छ। विमानमा १८० जना रहेको बताइएको छ।
इरानको रेड क्रिसेन्टका अनुसार यो दुर्घटनामा परेकाहरु जीवितै भएको हुनसक्ने सम्भावना कम छ।
समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार युक्रेन इन्टरनेशनल एअरलाइन्सको बोइङ ७३७ विमान ईरानको इमाम खामेनी विमानस्थलबाट उडान भरेलगत्तै दुर्घटनामा परेको हो।
त्यस्तै इरानी समाचार एजेंसी फोर्सले प्रविधिक समस्याका कारण विमान दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार विमान युक्रेनको राजधानी किएभ जाँदै थियो।
इरानका आकस्मिक सेवा प्रमुख पिरहुसैन कुलिबन्दले विमानमा आगो लागेको र अझै केही यात्रीलाई बचाउन सकिन्छ कि भन्ने आशा रहेको रोयटर्ससँगको कुराकानीमा बताएका छन्।
" /> काठमाडौं। युक्रेनको एउटा विमान इरानमा दुर्घटनाग्रस्त भएको छ। विमानमा १८० जना रहेको बताइएको छ।इरानको रेड क्रिसेन्टका अनुसार यो दुर्घटनामा परेकाहरु जीवितै भएको हुनसक्ने सम्भावना कम छ।

">