इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा मिसाइल प्रहार

काठमाण्डौ। इरानले इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आक्रमण गरेको छ।

अमेरिकाको हवाई आक्रमणमा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानी मारिएपछि त्यसको जवाफस्वरुप ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

इराकको इरबिल र अल-अशद शहरमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा एक दर्जनभन्दा बढी मिसाइल प्रहार भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

यस आक्रमणमा भएको हताहतबारे स्पष्ट भइसकेको छैन।

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिशमका अनुसार इराकमा रहेको अमेरिकी सैनिक अड्डामा भएको आक्रमणको निगरानी गरिरहेको र राष्ट्रिय सुरक्षा टीमसँग सल्लाह भइरहेको छ।

यो आक्रमण सुलेमानीको हत्याको बदला लिन गरिएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्