जीतपुरसिमरा उपमहानगरपालिकामा २ करोड ७४ हजार बेरुजु
बारा। महालेखा परीक्षकको कार्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई करोड ७४ हजार बेरुजु देखिएपछि चासो बढाएको छ।

महालेखाले २०७५/७६ को लेखा परीक्षणमा हिसाब मिलान गर्न पुनः पत्राचार गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले बताए।

महालेखाको टोलीसमक्ष समपरीक्षण गर्न अनुरोध गरिएको उनले बताए।

महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी पदाधिकारीको तलबभत्तामा १८ लाख बेरुजु देखिएको छ।

आफैँले कानून र कार्यविधि निर्माण गरी लिएको सेवा-सुविधा फिर्ता गरेका छैनन्।

महालेखाले सेवा सुविधा फिर्ता गर्न पत्राचार गरेको छ।

यसैगरी विद्यालयका नाममा समेत नौ लाख ७४ हजार ९६८ बेरुजु छ। विद्यालयलाई समेत बेरुजु फछ्यौट गर्न पत्राचार गरे पनि विद्यालयले सो रकमको फरफारक गरेका छैनन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले शिक्षिकाबाट राजिनामा दिएपश्चात पर्व खर्च भन्दै लिएको २२ हजार १७० रुपैयाँ  फिर्ता गरेकी छैनन्। रासस

प्रतिक्रिया दिनुहोस्