सप्तरी। सप्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सप्तरीकाे छुटाछुटै ठाउँमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बलानबिहुल गाउँपालिका–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्री र कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको हो।
बलानबिहुल गाउँपालिका–२ झिझहा टोलस्थित सडकमा स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बदगामा नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मृतकको सनाखत नभएको र ठक्कर दिने सवारी साधनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। रासस