बालिका हत्याको आरोपमा आमासहित चार जना पक्राउ

" /> बालिका हत्याको आरोपमा आमासहित चार जना पक्राउ

"> के १५ वर्षीया किशोरीको हत्यामा परिवारकै हात छ ? : Dekhapadhi
के १५ वर्षीया किशोरीको हत्यामा परिवारकै हात छ ?
काठमाडौं। पर्साको पोखरिया नगरपालिका–९ शिवबर्वाकी १५ वर्षीया पुनिताकुमारी महतो तत्वा बेपत्ता भएको हल्ला गाउँभरी चल्यो। विद्यालयदेखि गाउँभर नै उनको सोधिखोजी भयो।

विद्यालय र गाउँलेले चासो राखे पनि परिवारका सदस्यमा भने कुनै चिन्ता देखाएनन्। करीब तीन साता अघिको यो घटनाबारे उनीहरूले प्रहरीमा उजुरी पनि गरेनन्।

गाउँकी बालिका बेपत्ता भएको खबर नजिकैको इलाका प्रहरी कार्यालयमा पुगिसकेको थियो। उजुरी नपरे पनि प्रहरीले घटनाबारे चासो देखाइरहेको थियो।

कक्षा ६ मा अध्ययन गर्ने उनी बेपत्ता भएकोबारे परिवारका सदस्यले बारम्बार झुटो बोल्दै आइरहेका थिए। “गाउँमा सोधिखोजी शुरू भएपछि कहिले भारत त कहिले मामा घर गएकी छन् भन्दै टार्दै आए”, पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले भने,“एक साता अघि उनीहरूले करेन्ट लागेर मृत्यु भएकाले दाहसंस्कार गरिसक्यौं भने।”

प्रहरीलाई पुनिताको हत्या भएको हुन सक्ने सूचना पुगिसकेको थियो। उनलाई गाडिएको छ भन्ने सूचनाका आधारमा प्रहरीले शंकास्पद १५ स्थानमा खनेर हेरिसकेको थियो। तर, कुनै संकेत पाएको थिएन।

हत्या गरिएकी बालिका गाउँकै एकजना केटा साथीसँग नजिकिएको देखेर उनलाई परिवारका सदस्यले पटक–पटक कुटपिट गरेको खबर गाउँलेले प्रहरीलाई दिएका थिए।

“दाहसंस्कार नगर्ने ठाउँमा एकदिन ठूलो आगो बलेको सूचना हामीले पायौं,” उनले देखापढीसँग भने,“त्यहाँ गएर अनुसन्धान गर्दा हिजो हामीले मासुको डल्लो र केही हड्डी फेला पारेका छौंं।”

प्रहरीले हत्या गरेर जलाएको आरोपमा बालिकाकी आमा शिवकली देवी (३०), सोही ठाउँका राजेन्द्र महतो तत्वा (३९), सन्तोष महतो तत्वा (२८) र सोही नगरपालिका–८ का सुबोध भनिने जितेन्द्र यादव (१९) लाई पक्राउ गरेको छ।

प्रहरीले बालिकाको हत्या गरेर जलाएको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको भए पनि आरोपीले स्वीकार गरिसकेका छैनन्।

राजेन्द्र र सन्तोष पुनिताका काका हुन्। बालिकाका बुवा वीरेन्द्र महतो तत्वा फरार रहेको प्रहरीले जनाएको छ।

“प्रहरीले मासुको डल्लो र हड्डी फेला पारेकै स्थानमा पुनितालाई जलाएको आरोपी चारैजनाले स्वीकार गरेका छन्”, एसपी राठोरले भने,“तर, उनीहरूले करेन्ट लागेर मृत्यु भएपछि दाहसंस्कार गरेको दावी गरेका छन्।”

“शव छैन, जलाएको उनीहरूले स्वीकार गरिसकेका छन्। धेरै तथ्य हामीले पाइसकेका छौं”, एसपी राठोरले भने,“चारैजनाले घटनाको बारेमा  हुबहु एउटै बताउँछन्। बाँकी तथ्य खुल्दै जाला।”

पढ्नुहाेस्

बालिका हत्याको आरोपमा आमासहित चार जना पक्राउ

प्रतिक्रिया दिनुहोस्