अत्तरिया-काठमाडौं एसी डिलक्स बस सेवा शुरू
<p>कैलाली। सुदूरपश्चिम यातायात प्रालिले आजदेखि अत्तरियादेखि काठमाडौंसम्मका लागि एसी डिलक्स बस सेवा शुरू गरेको छ।</p>
<p>भ्रमण वर्ष २०२० को अवसरमा पर्यटकलाई समेत टेवा पुग्ने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी सेवा शुरू गरेको प्रालिले जानकारी दिएको छ।</p>
<p>बस सेवाको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले उद्घाटन गरेका छन्।</p>
<p>विगत चार दशकदेखि सेवा दिइरहेको प्रालिले यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले बस सेवा शुरू गरेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
