हुण्डी कारोवार गर्ने एकजना पक्राउ <p>काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोवारमा संलग्न रहेका एक जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p>आज दिउँसो वीरगन्ज महानगरपालिका&ndash;१६ रजतजयन्ती चोक नजिकै चेकजाँच गर्ने क्रममा भारतको बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने ४९ वर्षीय राजुकुमार श्रीवास्तव पक्राउ परेका हुन्।&nbsp;</p> <p>उनी भारतबाट नेपालतर्फ आउने क्रममा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। उनको साथबाट स्रोत नखुलेको चार लाख ४५ हजार रूपैयाँ नेपाली रकम बरामद गरिएको छ।&nbsp;</p> <p>प्रहरीले बीआर०१सीके९७९६ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। यसबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्