काठमाडौं। इन्जुरी समयमा पाएको गोलको राम्रो अवसर सदुपयोग गर्न नसक्दा हिमालन शेर्पा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको छ।
इन्जुरी समयमा त्रिदेब गुरुङले फ्रेण्ड्सका गोलकिपर देब लिम्बुलाई विट गरिसकेको अवस्थामा गोल गर्न सकेनन्। उनले उक्त बल आफैले पोष्टमा प्रहार नगरी भिसोन गुरुङलाई पास दिए। पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका भिसोनले हानेको प्रहार आकाशिएको थियो।
खेलमा हिमालयन शेर्पाले गोलका लागि बनाएको त्यही एउटा राम्रो अवसर थियो।
बराबरीसँगै पाँच खेलबाट तीन अंक जोडेको हिमालयन शेर्पा १२औं स्थानमा कायमै छ भने समान खेलबाट २ अंक जोडेको फ्रेण्ड्स क्लब १३औं स्थानमा छ। फ्रेण्ड्स क्लबभन्दा तल सरस्वती युथ क्लब छ। सरस्वतीले अंक जोड्न सकेको छैन।
पहिलो हाफ फ्रेण्ड्स क्लबले नियन्त्रणमा राखेको थियो। फ्रेण्ड्सले गोलको दुई राम्रो अवसर खेर फाल्यो। फ्रेण्ड्सका फिलिप डी सुजाको क्रसलाई अलरिच सिवेले क्लियर गरिदिएका थिए। त्यसै उत्तम राईले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो। हिमालयनले गोलको अवसर सिर्जना गर्न सकेन। ६६ मिनेटमा रुमेश बर्तौलाको क्रसमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका सञ्जोग महर्जनले गरेको हेड आकाशिएको थियो।
दोस्रो हाफमा भने हिमालयन शेर्पाले सुधारिएको प्रदर्शन गर्यो। ७५ मिनेटमा विजय श्रेष्ठले राम्रो मौका खेर फाले। उनले ‘वान भर्सेस वान’मा गोल गर्न सकेनन्। ८३औं मिनेटमा मोहम्मद अब्दुल्लाहको क्रसमा त्रिदेव गुरुङको हेड क्रसबारमा लागेर बाहिरिएको थियो।
" /> काठमाडौं। इन्जुरी समयमा पाएको गोलको राम्रो अवसर सदुपयोग गर्न नसक्दा हिमालन शेर्पा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको छ।इन्जुरी समयमा त्रिदेब गुरुङले फ्रेण्ड्सका गोलकिपर देब लिम्बुलाई विट गरिसकेको अवस्थामा गोल गर्न सकेनन्। उनले उक्त बल आफैले पोष्टमा प्रहार नगरी भिसोन गुरुङलाई पास दिए। पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका भिसोनले हानेको प्रहार आकाशिएको थियो।

">