काठमाडौं। अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाँच जनालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका-३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौं महानगरपालिका-५ हाँडीगाँउ बस्ने मोरङ विराटनगर घर भएका २९ वर्षीय अलङकार जैन, काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत घर भएका ४९ वर्षीय नविन अग्रवाल, काठमाडौं महानगरपालिका बौद्ध बस्ने भारत घर भएका ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ४० वर्षीय सुशिल गुरुङ रहेका छन्।
उपत्यकाको विभिन्न स्थानमा व्यवसाय गरी बस्ने गरेका व्यक्तिहरूले अनलाइनमार्फत् ठगी धन्दा संचालन गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
" /> काठमाडौं। अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाँच जनालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका-३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौं महानगरपालिका-५ हाँडीगाँउ बस्ने मोरङ विराटनगर घर भएका २९ वर्षीय अलङकार जैन, काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत घर भएका ४९ वर्षीय नविन अग्रवाल, काठमाडौं महानगरपालिका बौद्ध बस्ने भारत घर भएका ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ४० वर्षीय सुशिल गुरुङ रहेका छन्।

">