काठमाडौं। सुशन भारीले सात विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरलाई दश विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ।
सुशन भारीले ८.३ ओभरमा तीन मेडन राख्दै १६ रन दिएर सात विकेट लिएपछि टस जितेर ब्याटिङ थालेको मनमोहन मेमोरियल क्रिकेट सेन्टरका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।
सुनसरीस्थित इनरूवा क्रिकेट मैदानमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरले १९.३ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनाएको थियो। ५७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले पाँच ओभरमा विना विकेट लक्ष्य पूरा गरेको थियो।
जितसँगै आर्मी क्लब समुह ‘ए’ बाट विजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो। त्रिभुवन आर्मीले यसअघि सशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गरेको थियो। यसअघि समूह ‘सी’बाट प्रदेश–३ ले अन्तिम चारमा स्थान बनाएको थियो।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरका सुशान्त तिमिल्सिनाले सबभन्दा धेरै १५ रन जोडे। सुशान्तबाहेक सोनु मण्डलले १३ रन बनाएपनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। मनमोहन मेमोरियल क्रिकेट सेन्टरका पाँच ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।
त्रिभुवन आर्मी क्लबका सुशनबाहेक हरिबहादुर चौहानले दुई तथा शाहब आलमले एक विकेट लिए।
कुशल मल्लले ३५ तथा हरिकृष्ण झाले २० रन बनाएपछि ५७ रनको लक्ष्य त्रिभुवन आर्मीले पाँच ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो।