काठमाडौं। नेपाल सरकारले ७ जनवरी अर्थात् आज २८ देशका नेपाली दूतावास र महावाणिज्य दूतको कार्यलयलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रचार कार्यक्रम आयोजना गर्न निर्देशन दिएको थियो।
सोही अनुसार, अस्ट्रेलियस्थित नेपाली राजदूतावासले पनि आज प्रचारको कार्यक्रम तय गरेको थियो। उक्त कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री योगेश भट्टराई अस्ट्रेलिया पुगेका थिए। उनी जाँदा नै अस्ट्रेलियामा आगलागीले पुर्याएको क्षतिको संवेदनशीलता बुझ्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।

अस्ट्रेलियाको सिड्नीमा आज पर्यटनमन्त्री सहभागी कार्यक्रममा त्यहाँको प्रहरीले अवरोध गरेको समाचार प्रकाशन भएका छन्। हामीले सोही विषयमा अस्ट्रेलियमा लामो समयदेखि बसोबास गरिरहेका, प्रचार कार्यक्रमको सल्लाहकार समितिमा रहेका र पत्रकारितमा पनि संलग्न एक जना नेपालीसँग कुराकानी गरेका छौं। पहिचान खुलाउँदा अस्ट्रेलियामा बसोबास, व्यवसाय र अन्य विषयमा पनि असर पर्नसक्ने भन्दै उनले समाचारमा नाम उल्लेख नगर्न अनुरोध गरे ।
पर्यटनमन्त्री सहभागी कार्यक्रममा भएको के हो त? ती पत्रकार भन्छनः
नेपाल सरकारले आज अस्ट्रेलिया लगायत २८ देशमा एकै साथ नेपाल भ्रमण वर्षको प्रचार गर्ने कार्यक्रम तय गरेको रहेछ। सोही अनुसार अस्ट्रेलियामा पनि भव्य कार्यक्रम गर्न नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालय जुटेका थिए। गैरआवासीय नेपालीको पनि साथ थियो।
तर, अस्ट्रेलियामा बुस फायर (आगलागी)का कारण ठूलो क्षति भएको समयलाई मध्यनजर गर्दै कार्यक्रमको स्वरुप बदलियो। भव्य कार्यक्रम गर्ने पूर्वनिधारित योजना बदल्दै सामान्य औपचारिकतामा सीमित गरियो। सिड्नीको ओपेरा हाउसको भव्य हलमा गर्ने तयारी छाडेर कस्टुम हाउस (भन्सार कार्यलय) को हलमा कार्यक्रम गरियो।
उद्घाटन कार्यक्रममा ‘न्यू साउथ वेल्स’ राज्यका पूर्व प्रिमियर, वर्तमान सभामुख, अस्ट्रेलियाका लागि नेपालका राजदूत र दुतावासका अधिकारीहरू, गैरआवासीय नेपाली संघका पदाधिकारीलगायत सहभागी भए। शुरूमा आगलागीमा ज्यान गुमाएका अस्ट्रेलियन नागरिकप्रति समवेदनास्वरूप एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा न्यू साउथ वेल्सका पूर्व प्रिमियर र सभामुखले शुभकामना मन्तव्य राखेका थिए। सोही मञ्चबाट योगेश भट्टराईले पनि सम्बोधन गरे।

औपचारिक कार्यक्रम सकिएपछि शान्ती र्याली गर्न स्थानीय सरकारसँग अनुमति लिइएको थियो। कस्टुम हाउसबाट ओपेरा हाउसको प्राङ्गनसम्म र्याली गरियो। ओपेरा हाउसभित्र प्रवेश गर्ने बेलामा त्यहाँका सुरक्षाकर्मीले नेपाली झण्डा र ब्यानरभित्र नलैजान अनुरोध गरे। त्यही कुरालाई पर्यटनमन्त्रीको कार्यक्रममा अवरोध भन्ने प्रचार भएछ।
ओपेरा हाउसको सुरक्षार्थ खटिएका प्रहरीले, ‘तपाईहरू आउनुभएछ हार्दिक स्वागत छ। ओपेरा हाउसभित्र झण्डा र ब्यानर लैजान नपाइने नियम छ। तपाईहरू मात्र भित्र जान सक्नुहुन्छ” भनेपछि हामी ओपेरा हाउस प्रवेश गरेका थियौं।’
अस्ट्रेलियालगायत विश्वभर नै राष्ट्रिय स्मारकहरूमा अर्को देशको झण्डा, ब्यानर लगायतका वस्तु लैजान नपाइने नियम छ। हाउस किपिङको सामान्य नियम जसले पनि मान्नुपर्छ। उक्त कार्यक्रममा सहभागीले पनि मानेकै थिए। किन यसरी अवरोध भन्ने समाचार आयो हामी छक्क परेका छौं।
यसो भन्छन् पर्यटन मन्त्री भट्टराई
पर्यटन मन्त्री भट्टराईको कार्यक्रममा अस्ट्रेलियाका प्रहरीले अवरोध गरेको समाचार आएपछि मन्त्री भट्टराईले फेसबुकमा स्टेटस लेखी खण्डन गरेका छन्। उनले भनेका छन–
अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।
भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ!
" /> काठमाडौं। नेपाल सरकारले ७ जनवरी अर्थात् आज २८ देशका नेपाली दूतावास र महावाणिज्य दूतको कार्यलयलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रचार कार्यक्रम आयोजना गर्न निर्देशन दिएको थियो।

">