सुर्खेत। सुर्खेतमा सञ्चालित अटो रिक्सामा भाडादर नराखे प्रशासनले कारबाही गर्ने भएको छ।
अटो रिक्साहरूले नागरिकबाट मनोमानी भाडा असुलेको सर्वत्र गुनासो आएपछि अटो रिक्सामै भाडादर राख्न स्थानीय प्रशासनले निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अटो रिक्सालाई भाडादरको सूची अनिवार्य राख्न निर्देशन दिएको बताए।
प्रशासनले अटो रिक्सालाई व्यवस्थित गराउन अभियान समेत थाल्ने उनको भनाइ छ।
“अटो रिक्साका सम्बन्धमा धेरै गुनासाहरू आएका छन्। यसअघि अटो रिक्सा व्यवस्थापनका लागि धेरै काम भए पनि प्रभावकारी भएका छैनन्”, प्रजिअ अधिकारीले भने।
सडक सुरक्षाका लागि सप्ताहव्यापी अभियानको थालनी गर्ने जानकारी दिँदै उनले अभियानअन्तर्गत अटो व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए।
आउँदो माघ १५ सम्ममा अभियानको थालनी हुने जानकारी दिँदै उनले सवारी चालक अनुमतिपत्र नभएका अटो चालकलाई सडकमा अटो गुडाउनबाट रोकिने बताए। उनले भने, “वीरेन्द्रनगरलाई कति अटो आवश्यक छ ? कुन रूटमा कति अटो रहने बारे पनि छलफल गर्छौं। लाइसेन्स नभएकालाई किन चलाउन दिने? अटोहरू अव्यवथित भए।’
सुर्खेतमा सञ्चालनमा रहेका अटो चालकहरूमध्ये १५ प्रतिशत चालकसँग मात्र सवारी चालक अनुमतिपत्र भएको उनको भनाइ छ। हाल सुर्खेतमा एक हजार ९०० अटो सञ्चालनमा छन्। जसमध्ये ३०० चालकसँग मात्र लाइसेन्स रहेको स्थानीय प्रशासन बताउँछ।