१४ महिनापछि दुर्गादेवीद्वारा दिलीपसिंह बिष्टविरुद्ध किटानी जाहेरी
काठमाडौं। निर्मला पन्तको बलात्कारपछि हत्या भएको १४ महिनापछि आमा दुर्गादेवी पन्तले दिलीपसिंह बिष्टविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

प्रहरीले यसअघि अभियुक्त भनि सार्वजनिक गरेका दिलीपसिंह बिष्टविरुद्ध दुर्गादेवी पन्तले पुनः अनुसन्धान गरी पाउँ भनेर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी हुन् ।

‘‘उसले भनेका सबै कुरा मिलिरहेका छन् । अहिले आएर ठाउँ–ठाउँमा बलात्कार गरेर मैले मारेको हुँ भन्दै हिँडिरहेको छ । उसले विभिन्न मिडियामा बोलिरहेको भिडियो पनि हेरें’’, दुर्गादेवीले किटानी जाहेरीमा भनेकी छन् ।

‘‘अहिले पनि यही बाटो भएर हिँडिरहेको छ । घर वरिपरी घुमिरहेको हुन्छ । रात पर्दा पनि कहिले यतै देखिने गरेको छ । उसलाई दिनहुँ देखेर डर लाग्ने गरेको छ,’’ किटानी जाहेरीमा उनले भनेकी छन्, ‘‘उसैले बलात्कार गरेर मारेको मैले देखेको त छैन, तर उसका अहिलेका क्रियाकलाप देखेर मलाई शंका लाग्न थालेको छ । पुनः अनुसन्धान गरी पाउँ ।’’

उनले २२ भदौमा प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी स्रोतले पनि दिलीपसिंह बिष्टविरुद्ध दुर्गादेवी पन्तले किटानी जाहेरी दिएको पुष्टि गरेको छ । उनले दिएको जाहेरी सोही दिन दर्ता गरिसकेको छ । उनले दिलीपसिंह बिष्ट दोषी हुन सक्न धेरै ठाउँ रहेकाले गहन रूपले अनुसन्धान गरिदिन माग गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले घटनाको अनुसन्धानमा प्रहरी निरन्तर रहेकाले अहिले यो विषयमा केही बोल्न नमिल्ने बताए । ‘‘हामी अनुसन्धानमै छौं, अहिले अरू विषयमा केही प्रतिक्रिया दिन मिल्दैन्।’’ उनले प्रहरीको अनुसन्धान विभिन्न कोणबाट भइरहेको बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी गणेश चन्द नेतृत्वको सीआईबीको टोली र कञ्चनपुर प्रहरीले अनुसन्धान जारी राखेका छन् ।

बिष्टलाई ४ भदौ २०७५ मा तत्कालीन प्रहरी अनुसन्धान टोलीले अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । अदालतले म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिए पनि डीएनए परीक्षणको रिपोर्ट नमिलेपछि जिल्ला सरकारी वकिल कार्यालयबाटै उनी साधारण तारेखमा छुटेका थिए ।

यो घटनाको अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन । गृहमन्त्रालयले पनि केही दिनअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक एवं डीएनए विज्ञ जिवन रिजालको संयोजकत्वमा प्रयोगशालाकै डीएनए विज्ञ दिनेश झा र शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञ डा. तुलसी कँडेल रहेको अनुसन्धान टोली खटाएको छ ।

१५ दिनभित्र डीएनएका विषयमा उत्पन्न जटिलता निराकरण गर्ने कार्यादेशसहित गृहमन्त्रालयले टोली गठन गरेको हो ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको अनुसन्धान टोलीले पनि प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमाथि प्रश्न उठाइसकेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्