काठमाडौं। देशका विभिन्न स्थानमा हिजो र आज भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको केन्द्रीय सञ्चारकक्षका अनुसार सप्तरी, चितवन, ओखलढुङ्गा र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा छ जना घाइते भएका छन्।
सप्तरी, बलानबिहुल गाउँपालिका-२ झिझहा टोलस्थित सडकमा गएराति स. ८ प ७०११ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ३५ वर्षीया फुर्तिलाल मुखियाको घटनास्थलमै मृत्यु भएको छ।
यसैगरी सप्तरी, कन्चनपुर नागरपालिका-१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट ४० वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको छ।
चितवन, रत्ननगर नगरपालिका-४ देवैलीस्थित सडकमा रोकी राखेको ना. ५ ख ६४४५ नम्बरको ट्रकमा ना. ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाई गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका ४ देवैली बस्ने ३० वर्षीय अजय चौधरीको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति नै ओखलढुगाको सुनकोशी गाउँपालिका- ३ स्थित सडकमा बा. ६५ प ७४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको छ।
सर्लाही, हरिपुर नगरपालिका-६ लक्ष्मीपुरस्थित सडकमा बिआर ०६ पिडि ३६३७ नम्बरको जिप अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा जिपमा सवार भारत बेगुसराई ग्राम सोनिहार बस्ने ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते चालकसमेत पाँच जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा हिजो र आज भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

">