बझाङमा भरुवा बन्दुकसहित हतियार बरामद
<p>बझाङ। बझाङमा एक जंगलबाट भरुवा बन्दुक तथा हातहतियार बरामद भएको छ।</p>
<p>बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित जगंल क्षेत्र नजिकैबाट प्रहरीले एकथान भरुवा बन्दुक, बारुदको डिब्बा एकथान, फलाम तथा शिशाको टुक्रा ५ थान र फलाम काट्ने कैची एकथान बरामद गरेको हो।</p>
<p>प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले झोला फालेर हिडेपछि चेकजाँच गर्ने क्रममा हातहतियार भेटिएको हो।</p>
<p>फरार व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
