झापामा नक्कली नोटसहित दुई जना पक्राउ
<p>झापा। झापाको बिर्तामोड नगरपालिका-५ मित्रनगरबाट नेपाली एक हजार दरको दुई थान नक्कली नोटसहित २ जना पक्राउ परेका छन्।</p>
<p>पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ बस्‍ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २५ वर्षीय किरण खवास छन्।</p>
<p>ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको हो।</p>
<p>पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान शूरु गरिएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
