दुई हजार घुससहित मालपोतका सुब्बा पक्राउ
<p>काठमाडौं। मालपोत कार्यालय साँखु, काठमाडौंका नायब सुब्बा रामेश्वर कुइकेल दुई हजार रकम घुससहित पक्राउ परेका छन्।</p>
<p>लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टि बन्दकको लिखत पास गरे वापतको रकम लिदैँ गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।</p>
<p>अख्तियारले घुस दिने लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि पक्राउ गरेको छ।</p>
<p>यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
