प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको वरीयतामा जुनियरतर्फ १४औं स्थानमा उक्लिए
काठमाडौं। नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल विश्व वरीयताको जुनियरतर्फ १४औं स्थानमा उक्लिएका छन्।

विश्व ब्याडमिन्टन महासंघले यु–१९ र सिनियर गरी दुई वटा वरीयता निकाल्छ। विश्व ब्याडमिन्टन महासंघले आज सार्वजनिक गरेको जुयिनरतर्फको वरीयतामा प्रिन्सले ठूलो फड्को मारेका हुन्।

यो नेपाली खेलाडीले अहिलेसम्म हासिल गरेको सबभन्दा उच्च वरीयता हो।

प्रिन्स यसअघि ३२औं स्थानमा थिए। प्रिन्सले दुबईमा जुनियर इन्टरनेशनल सिरिज जितेका थिए। उनले भारतका वरुण कपुरलाई पराजित गरेका थिए। वरुण चौथो स्थानमा छन्।

फ्रान्सका क्रिष्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ दोस्रो स्थानमा छन्। भारतकै मेइरवा लुवाङ तेस्रो स्थानमा छन्। शीर्ष दशमा भारतका तीन खेलाडी समावेश छन्।

प्रतिक्रिया दिनुहोस्