प्रधानसेनापति थापाद्वारा मध्यपश्चिम पृतनाअन्तर्गतका युनिटहरूको निरीक्षण काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले आज मध्यपश्चिम पृतना मुख्यालयअन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति थापाले रुकुम (पश्चिम)मा तैनाथ नरसिंहदल गण, पूर्वीरुकुममा तैनाथ वटुकदल गण र प्युठानमा तैनाथ इन्द्रध्वज गणको वस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्