अष्ट्रेलियाले १६ करोड रुपैयाँभन्दा बढीको सहायता सामग्री नेपाल पठाउने काठमाडौं।अष्ट्रेलियाले भोलि १८ लाख १० हजार ३८३ अष्ट्रेलियन डलर (१६ करोड २९ लाख नेपाली रुपैयाँ)को सहायता सामग्री नेपाल पठाउने भएको छ। अ‍ष्ट्रेलियन सेनाको जहाजले ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ। भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रेलियाले ती सामग्री नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ। कोरोना महामारीविरुद्धको लडाइँमा सहयोगस्वरुप अष्ट्रेलियाले ती सामग्री नेपाल पठाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्