अमेरिकाले दिने खोप यसै महिना नेपाल आइपुग्ने काठमाडौं। अमेरिकाले उपलब्ध गराउने कोरोना भाइरसविरुद्धको खोप यही महिना नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालये यो जानकारी आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो नेपाललगायत १६ एसियाली राष्ट्रलाई ७० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए। अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्