पक्राउ परेका १२२ चिनियाँ लिन भोलि चार्टर्ड विमान आउने
दुईवटा चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गर्न लागिएको हो।
पक्राउ परेकाहरूलाई अध्यागमन विभागले निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ।
अभद्र व्यवहार मुद्दामा २० पुसमा छुटेका उनीहरुरूलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो।
पर्यटक भिसाको दुरुपयोग गरेर अपराध गरेकाले उनीहरूलाई जरिवाना गराई निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।
पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र राहदानी भेटिएको छ। उनीहरूकोसमेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ।
ट्राभल डकुमेन्ट २१ पुसमा अध्यागमन विभागमा बुझाइसकिएको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।
दुईवटा चार्टर्ड विमान ल्याउन नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ।
चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सको जहाज ल्याएर उनीहरूलाई लैजान लागिएको हो।
प्रतिक्रिया दिनुहोस्