इरान-अमेरिका तनावः के गर्दैछन् इराकमा रहेका नेपाली कामदार ?
काठमाडौं। इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ।

उक्ता क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करीब दुई सय नेपाली कार्यरत् छन्।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई २० पुसदेखि फर्काउन थालेका हुन्।

२०-२१ पुसमा फर्काइएको नेपाली टोलीमा सात जना छन्।

“कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ”, अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले फोनमा भने, “आ-आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं।”

१२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए।

अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन्। ती कमपनीले अत्यावश्यक संख्याका कामदार मात्र राखेर बाँकीलाई सामान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन्।

“स्थिति यसरी प्रतिकूल भइदिन्छ जस्तो लागेको थिएन”, अमेरिकी सेनाको कफी सपमा कार्यरत दोलखाका बद्री खत्रीले भने, “अहलिेसम्म सुरक्षित छौं, यहाँबाट छिटो निस्कन पाए हुन्थ्यो।”

उनी काम गर्ने कफी सप तीन दनिदेखि बन्द छ।

क्याम्पभित्र नेपालीहरू खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न् छन्।

क्याम्पबाट बाहिर निस्कने कसैलाई अनुमति छैन।

भित्र पनि सबै ठाउँमा जाने पहुँच नभएकाले क्याम्पभित्रकै पनि सबै नेपालीसँग भेटघाट हुन नपाउने आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

यसैबीच अमेरिकाले इरानी सेनाका जनरल कासिम सुलेमानीको इराकमा हत्या गरेपछि सरकारले इराकलगाय मध्यपूर्वी देशमा रहेका नेपालीको सुरक्षामा सतर्कता अपनाएको आजको नयाँ पत्रिकाले समाचार छापिएको छ।

परराष्ट्र मन्त्रालयले ती देशमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहन र निरन्तर जानकारी गराउन राजदूतहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्