काठमाडौं। तनावपूर्ण बनेको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबले २–२ को बराबरी खेलेपछि तेस्रो स्थानको त्रिभुवन आर्मी र चौथो स्थानका थ्री स्टारलाई फाइदा पुगेको छ।  साविक विजेता मनाङले दोस्रो मिनेटमै फेमी जोशुवाको गोलबाट अग्रता लिएको थियो। मछिन्द्रले दोस्रो हाफको पहिलो मिनेटमै सुजल श्रेष्ठको गोलबाट बराबरी गर्‍यो।
८१औं मिनेटमा सोमिडे एडेलाजाको गोलमा मछिन्द्रले अग्रता लियो। तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी विमल रानाको गोलमा मनाङले बराबरी गर्‍यो।
बराबरीसँगै अंक बाँडेको मनाङ र मछिन्द्र दुवैले शीर्ष स्थानमा दूरी बढाउने मौका खेर फाले। मनाङ ११ अंकका साथ शीर्ष स्थानमा र मछिन्द्र १० अंकका साथ दोस्रो स्थानमा कायमै छ।
मछिन्द्रले ११ अंक जोडे पनि गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेका कारण १० अंक मात्र भएको हो। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको ९ अंक छ भने थ्री स्टार क्लबको सात अंक छ।
त्रिभुवन आर्मीले अब सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने थ्री स्टारले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मीले जिते १२ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिनेछ। थ्री स्टारको जिते १० अंक हुनेछ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले मनाङसँग एक अंकमा चित्त बुझाउँदा दुःख लागेको बताए। कटवालले बराबरीका कारण केही गाह्रो बनाए पनि उपाधि यात्रामा खास फरक नपारेको बताए।
“राम्रो टीमसँग तीन अंक लिनु भनेको ६ अंक लिए बराबर हो, तर आज हामी बराबरीमा चित्त बुझाउनु पर्यो,” कटवालले भने, “हामी मात्र होइन, मनाङ पनि उपाधि होडमा छ। उपाधि होडमा रहेका दु्ई टीमबीच बराबरी भएकाले धेरै घाटा भएको छैन।”
सुजलले गोलको सेलिब्रेसन गरेनन्
मछिन्द्रले गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेको थियो। तर, यस पटक भने लिग जित्ने लक्ष्यसहित साविक विजेता मनाङ मर्स्याङ्दीका सात खेलाडी भित्राएको छ। थ्री स्टारबाट पाँच खेलाडी अनुबन्ध गरेको छ। खेलाडी अनुबन्ध तथा व्यवस्थापनमा क्लबले ठूलो रकम खर्चिएको छ।
सुजल पनि मनाङबाट यसै सिजन मात्र मछिन्द्र आएका हुन्। सुजलले मनाङमा आठ वर्ष बिताएका थिए। मनाङ छाडेपछि उनी पहिलो पटक आफ्नो क्लबविरुद्ध खेल्दै थिए। उनले आज दोस्रो हाफको पहिलो मिनेटमै पिटर सेगुनले मिलाइदिएको पासमा सुजलले बायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो।
गोलपछि उनले दुवै हात उठाए भने सेगुनले दुवै हात जोडेर नमस्कार गरे। उनीहरूले गोलको खुशी मनाएनन्।
" /> काठमाडौं। तनावपूर्ण बनेको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबले २–२ को बराबरी खेलेपछि तेस्रो स्थानको त्रिभुवन आर्मी र चौथो स्थानका थ्री स्टारलाई फाइदा पुगेको छ।  साविक विजेता मनाङले दोस्रो मिनेटमै फेमी जोशुवाको गोलबाट अग्रता लिएको थियो। मछिन्द्रले दोस्रो हाफको पहिलो मिनेटमै सुजल श्रेष्ठको गोलबाट बराबरी गर्‍यो।
८१औं मिनेटमा सोमिडे एडेलाजाको गोलमा मछिन्द्रले अग्रता लियो। तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी विमल रानाको गोलमा मनाङले बराबरी गर्‍यो।
बराबरीसँगै अंक बाँडेको मनाङ र मछिन्द्र दुवैले शीर्ष स्थानमा दूरी बढाउने मौका खेर फाले। मनाङ ११ अंकका साथ शीर्ष स्थानमा र मछिन्द्र १० अंकका साथ दोस्रो स्थानमा कायमै छ।
मछिन्द्रले ११ अंक जोडे पनि गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेका कारण १० अंक मात्र भएको हो। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको ९ अंक छ भने थ्री स्टार क्लबको सात अंक छ।
त्रिभुवन आर्मीले अब सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने थ्री स्टारले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मीले जिते १२ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिनेछ। थ्री स्टारको जिते १० अंक हुनेछ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले मनाङसँग एक अंकमा चित्त बुझाउँदा दुःख लागेको बताए। कटवालले बराबरीका कारण केही गाह्रो बनाए पनि उपाधि यात्रामा खास फरक नपारेको बताए।
“राम्रो टीमसँग तीन अंक लिनु भनेको ६ अंक लिए बराबर हो, तर आज हामी बराबरीमा चित्त बुझाउनु पर्यो,” कटवालले भने, “हामी मात्र होइन, मनाङ पनि उपाधि होडमा छ। उपाधि होडमा रहेका दु्ई टीमबीच बराबरी भएकाले धेरै घाटा भएको छैन।”
सुजलले गोलको सेलिब्रेसन गरेनन्
मछिन्द्रले गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेको थियो। तर, यस पटक भने लिग जित्ने लक्ष्यसहित साविक विजेता मनाङ मर्स्याङ्दीका सात खेलाडी भित्राएको छ। थ्री स्टारबाट पाँच खेलाडी अनुबन्ध गरेको छ। खेलाडी अनुबन्ध तथा व्यवस्थापनमा क्लबले ठूलो रकम खर्चिएको छ।
सुजल पनि मनाङबाट यसै सिजन मात्र मछिन्द्र आएका हुन्। सुजलले मनाङमा आठ वर्ष बिताएका थिए। मनाङ छाडेपछि उनी पहिलो पटक आफ्नो क्लबविरुद्ध खेल्दै थिए। उनले आज दोस्रो हाफको पहिलो मिनेटमै पिटर सेगुनले मिलाइदिएको पासमा सुजलले बायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो।
गोलपछि उनले दुवै हात उठाए भने सेगुनले दुवै हात जोडेर नमस्कार गरे। उनीहरूले गोलको खुशी मनाएनन्।
"> मनाङ र मछिन्द्रको बराबरीपछि उपाधि होड खुला: Dekhapadhi
मनाङ र मछिन्द्रको बराबरीपछि उपाधि होड खुला
बराबरीसँगै अंक बाँडेको मनाङ र मछिन्द्र दुवैले शीर्ष स्थानमा दूरी बढाउने मौका खेर फाले। मनाङ ११ अंकका साथ शीर्ष स्थानमा र मछिन्द्र १० अंकका साथ दोस्रो स्थानमा कायमै छ।
मछिन्द्रले ११ अंक जोडे पनि गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेका कारण १० अंक मात्र भएको हो। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको ९ अंक छ भने थ्री स्टार क्लबको सात अंक छ।
त्रिभुवन आर्मीले अब सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने थ्री स्टारले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मीले जिते १२ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिनेछ। थ्री स्टारको जिते १० अंक हुनेछ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले मनाङसँग एक अंकमा चित्त बुझाउँदा दुःख लागेको बताए। कटवालले बराबरीका कारण केही गाह्रो बनाए पनि उपाधि यात्रामा खास फरक नपारेको बताए।
“राम्रो टीमसँग तीन अंक लिनु भनेको ६ अंक लिए बराबर हो, तर आज हामी बराबरीमा चित्त बुझाउनु पर्यो,” कटवालले भने, “हामी मात्र होइन, मनाङ पनि उपाधि होडमा छ। उपाधि होडमा रहेका दु्ई टीमबीच बराबरी भएकाले धेरै घाटा भएको छैन।”
सुजलले गोलको सेलिब्रेसन गरेनन्
मछिन्द्रले गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेको थियो। तर, यस पटक भने लिग जित्ने लक्ष्यसहित साविक विजेता मनाङ मर्स्याङ्दीका सात खेलाडी भित्राएको छ। थ्री स्टारबाट पाँच खेलाडी अनुबन्ध गरेको छ। खेलाडी अनुबन्ध तथा व्यवस्थापनमा क्लबले ठूलो रकम खर्चिएको छ।
सुजल पनि मनाङबाट यसै सिजन मात्र मछिन्द्र आएका हुन्। सुजलले मनाङमा आठ वर्ष बिताएका थिए। मनाङ छाडेपछि उनी पहिलो पटक आफ्नो क्लबविरुद्ध खेल्दै थिए। उनले आज दोस्रो हाफको पहिलो मिनेटमै पिटर सेगुनले मिलाइदिएको पासमा सुजलले बायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो।
गोलपछि उनले दुवै हात उठाए भने सेगुनले दुवै हात जोडेर नमस्कार गरे। उनीहरूले गोलको खुशी मनाएनन्।
प्रतिक्रिया दिनुहोस्