देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने काठमाडौं। आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सफा छ। दिउँसो पहाडी क्षेत्रमा मौसम बदली भई एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्