मोरङमा आगलागी हुँदा ६५ लाखको क्षति काठमाडौं। मोरङको धनपालथान गाउँपालिका-४ बीपीचोकमा राजेन्द्र शर्माको काठको फर्निचरबाट विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा ५० लाख रूपैयाँबराबरको क्षति भएको छ। आगलागीबाट तयारी फर्निचरका सम्पूर्ण सामान, काठ, मेसिनरी सामान जलेको प्रहरीले जनाएको छ। आगो फैलिएर सोही ठाउँ बस्ने ५१ वर्षीय कुमार कार्की होटल पूर्ण रूपमा जल्दा करिब १५ लाख रूपैयाँबराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्