काठमाडौं। नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङतर्फबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैध रूपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई आज दिउँसो पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको अवस्थामा ५०० ग्राम चरेशसहित साहलाई पक्राउ गरेको जानकारी दिए।
पक्राउ परेका साहलाई लागूऔषध (नियन्त्रण ऐन) २०३३ अनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ। रासस