सप्तरीमा एकैदिन समातिए १७ फरार व्यक्ति

काठमाडौं। सप्तरी प्रहरीले आज १७ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ।

विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका फरार व्यक्तिहरूलाई सप्तरी प्रहरीले आज जिल्ला अदालतमा बुझाएको छ।

एक वर्षे कार्ययोजनाअनुरूप फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान सञ्चालन गरिएको सप्तरी प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा सप्तरी बलान बिहुल गाउँपालिका–३ का जयराम साह (कुटपिट मुद्दा), खड्क नगरपालिका–४ का ईसराइल मिया (ज्यान मार्ने उद्योग), बोदेबर्साइन नगरपालिका–९ का चन्देश्वर साह तेली (लुटपाट), सोही ठाउँका झौली मंडल (कुटपिट), बोदेबर्साइन–२ का महेन्द्र साह (कुटपिट), सोही ठाउँका रामसुन्दर यादव (कुटपिट), बोदेबर्साइन–१० का खगेन्द्र यादव (ज्यान मार्ने उद्योग), सुरुङ्गा नगरपालिका–९ का नरसिंह चौधरी (कुटपिट), खड्क–९ का फागु मण्डल (कुटपिट) रहेका छन्।

त्यस्तै खड्क–६ की संगीताकुमारी चौधरी (जारी मुद्दा), सोही ठाउँका बद्रि चौधरी (जारी), नजबुद मिया (लुटपाट), राजकुमार साह (ठगी), राजगढ–२ का बलवीरकुमार यादव (कुटपिट र अंगभंग मुद्दा) छन्।

यसै गरी खड्क–९ का महिनारायण चौधरीको हकमा उनका भाइ दीपनारायण चौधरी (लुटपाट), सोही ठाउँकै मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चोधरी (लेनदेन) र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी (जालसाँझी)बाट नगद कट्टा गर्न बाँकी रहेकाले अदालत बुझाइएको सप्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्