सुन्तलेबाट मकालु, कन्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंला प्रष्टै देख्न सकिन्छ। यहाँबाट देखिने उदाउँदो र अस्ताउँदो सूर्यले मनमा त्यत्तिकै आनन्द मिल्छ।
फराकिलो नागी, हरियाली जंगल, सिजनमा फुल्ने गुराँस तथा वरपरको प्राकृतिक दृश्यहरू सुन्तलेको मुख्य आकर्षण हुन्। हिउँ खेल्न तथा रमिता हेर्न पनि यहाँ मानिसहरुको जमघट हुने गरेको छ।

मोटर बाटो पुगेसँगै पहाडमा सम्भावनाका ढोकाहरू खुल्दैछन्। भोजपुर नगरपालिका क्षेत्रमै अवस्थित सुन्तलेमा आन्तरिक र वाह्य पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ।
समुद्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यलाई बिर्साउने थलो बन्न थालेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुव श्रेष्ठ बताउँछन्।
पर्यटकीय गन्तव्यको सूचीमा रहेको ‘मुन्दुम ट्रेल पदमार्ग’ यही ठाउँ भएर जान सकिन्छ।
सुन्तले र वरपरका प्राकृतिक सौन्दर्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। त्यहाँसम्म पुग्न भोजपुर बजारबाट पैदल दुई घण्टा लाग्छ। सवारी साधनबाट आधा घण्टामै पुगिन्छ।
सदरमुकामबाट नजिकै भएकाले पनि छुट्टीमा घुम्न जाने तथा साथीभाइबीच रमाइलो गर्न जानेको संख्या दिनदिनै बढिरहेको स्थानीयवासी बताउँछन्।
वर्षैभरि चिसो हुने यहाँ लोकल कुखुराको तिते (किराती समुदायको विशेष परिकार) तोङ्बा, उसिनेको आलु, राँगाको सुकुटी, रायोको साग लगायतका खानेकुराका परिकारहरु विशेषताको रूपमा छन्।
 copy.jpg)
प्रायः शनिबार तथा बिदाको दिनमा रमाइलो गर्ने, रिफ्रेस हुने र घुमघाम गर्न आउनेको चाप बढी हुने स्थानीय मचिन्द्र राई बताउँछन्।
नयाँ वर्ष तथा विशेष पर्वहरूमा वनभोज खान आउनेहरूको संख्या पनि बढ्दो छ। १५ सेप्टेम्बरदेखि डिसेम्बरसम्म सुन्तलेमा घुमफिर गर्ने उपयुक्त मौसम हो।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले सुन्तले क्षेत्रको विकासका लागि बृहत् योजना ल्याउन लागिएको बताउँछन्।
नगर क्षेत्रमा रहेका पर्यटकीयस्थलहरूको पहिचान गरी तिनको प्रवर्द्धन तथा विकासमा नगरपालिकाले पर्यटन रणनीति बनाइरहेको मेयर आलेले देखापढीलाई बताए।
" />

">