७५ हजार घुससहित पर्सामा नापी सर्वेक्षक पक्राउ
पर्सा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयकाे टोलीले नापी कार्यालय पर्साका सर्वेक्षकलाई घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार घुस रकमसहित पक्राउ गरेको हो।

टाेलीले वीरगन्ज महानगरपालिका-९, रानीघाटमा रहेको नापी कार्यालय पर्साअन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापा मारेकाे थियाे।

सर्वेक्षक पासवानले आफ्नो जग्गा हाल साविक गरी पुनः नापी जग्गा धनी प्रमाण पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग ७५ हजार घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरेकाे टाेलीकाे नेतृत्व गरेका प्रहरी नायव उपरीक्षक केशव भट्टराईले जानकारी दिए।

पासवानलाई आयोगको कार्यालय हेटौंडा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्