सिरहामा युवतीको सामूहिक बलात्कार, दुईजना पक्राउ

सिरहा। सिरहाको गोलबजार नगरपालिका–६ मा २० पुस राति एक युवतीको सामूहिक बलात्कार भएको छ।

सिरहाकै ती युवती गोलबजारस्थित आफन्तको घर जाने क्रममा बलात्कृत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोलबजार पुगेकी ती युवतीको मोबाइल ‘अफ’ भएको र चार्ज गर्ने क्रममा बलात्कारको शिकार भएकी हुन्।

ती युवतीले गोलबजार नगरपालिका–६, स्थित मनकामना हेयर कटिङ सैलुनमा मोबाइल चार्ज गर्न दिएकी थिइन्। धनगढीमाई नगरपालिका–८, बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार नगरपालिका–२ गुरुधामका सन्तोष महतोले मोबाइल चार्ज गरिदिने बहानामा आफ्नो डेरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

आरोपी यादव र महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले बताए। उनका अनुसार तीनैजनाको स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्