फुजा तोपे टच लाइनमा
मनाङ मस्र्याङ्दी क्लबले मुख्य प्रशिक्षकमा अफ्रिकी मुलका फुजा तोपेलाई नियुक्त गरेको छ। गत सिजन पनि मनाङ फुजाकै मुख्य प्रशिक्षणमा खेलेको थियो। तर, श्रम इजाजत पत्र नमिलेका कारण मनाङले अघिल्लो सिजन र यस पटक पनि मुख्य प्रशिक्षक फुजा तोपोलई टच लाइनमा उभ्याएको थिएन।
गत सिजन खेल अघि र पछि हुने पत्रकार सम्मेलनमा मनाङबाट सुमन श्रेष्ठले प्रतिनित्वि गर्थे। तर यसपटक भने मनाङले लिग शुरू हुनुअघिको पत्रकार सम्मेनलमा पनि फुजालाई नै पठाएको थियो। तर उनी मैदानको टच लाइनमा भने थिएनन्।
एन्फाले प्रदान गर्ने ‘स्टार्टिङ लाइनअप’ र ‘म्याच समरी’ मा पनि मनाङको प्रशिक्षकमा फुजाको नाम छैन। यसको मतलब अझैसम्म पनि उनको श्रम स्विकृती मिलिसकेको छैन। तर उनी सोमबार मछिन्द्र क्लबविरुद्धको खेलमा मनाङको टच लाइनमा थिए।

यसरी भयो मनाङ र मच्छिन्द्रका खेलाडीबीच रंगशालामै कुटाकुट (भिडिओसहित): Dekhapadhi
यसरी भयो मनाङ र मच्छिन्द्रका खेलाडीबीच रंगशालामै कुटाकुट (भिडिओसहित)

काठमाडौं। उपाधि होडमा रहेका दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुनु स्वभाविक हो। तर, आज दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा रहेका मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबीच खेलपछि पनि त्यो प्रतिस्पर्धा देखियो। प्रतिस्पर्धा मात्र होइन, त्यो कुटाकुटमै परिणत भयो।

२–२ गोलको बराबरी खेलेर अंक बाँडेका दुवै टोलीका खेलाडी रेफ्रीले खेल सकिएको सिटी फुकेपछि पनि मैदानमा भिडिरहे। बलसँग होइन, मान्छेसँग।

मनाङ मस्र्याङ्दी र मच्छिन्द्रको समान दश अंक भए पनि गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेकाले मछिन्द्र नौं अंकका साथ दोस्रो स्थानमा थियो। सोमबार मनाङले जितेको भए शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता बनाउँथ्यो। मच्छिन्द्रले जितेको भए दुई अंकको स्पष्ट अग्रता लिन्थ्यो। तर खेल बराबरीमा टुंगियो।

रेफ्री श्रवणकुमार तामाङले खेल सकिएको सिटी फुकेलगत्तै दशरथ रंगशाला रणभुभिजस्तै बन्यो। मनाङका जगजित श्रेष्ठ र मच्छिन्द्रका दीपक राईबीचको विवादबाट शुरू भएको विवादले ठुलै रूप लियो। प्रहरी नै मैदान छिरे। जुन खेलकुदमा विरलै देखिन्छ।

दीपक र जगजित दुबै वैकल्पिक खेलाडी हुन्। जगजित श्रेष्ठ ६७औं मिनेटमा भिडाल लुइस चिसानोको स्थानमा मैदान प्रवेश गरेका थिए भने दीपक ७२औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।

पाँच मिनेटको इन्जुरी समय सकिनै लाग्दा मच्छिन्द्रले कर्नर पायो। रञ्जित धिमालको कर्नर प्रहार क्लियर गर्ने क्रममा मनाङका जगजितले दिपकलाई कुहिनाले हाने। त्यसपछि दुईबीच विवाद शुरू भयो।

उनीहरु दुईबीचको विवाद साम्य पार्ने प्रयास गर्नेक्रममा मनाङ र मच्छिन्द्रका खेलाडबीच ठेलमठेल भयो। गोल पोष्टपछाडि वार्मअफमा रहेका मच्छिन्द्रका खेलाडी पनि मैदान छिरे भने मनाङको बक्सबाट पनि खेलाडी मैदानभित्र आइपुगे।

त्यसपछि विवादले उग्र रुप लियो। मनाङका बैकल्पिक गोलकिपर अशोक बरालले मच्छिन्द्रका देवेन्द्र तामाङलाई धकेलेपछि विवाद झन बल्झियो। रेफ्रीले अशोकलाई रातो कार्ड देखाए।

दुई टिमबीच भएको झगडालाई लिएर अखिल नेपाल फुटबल संघले केही प्रतिक्रिया जनाएको छैन। एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, “अहिले केही निर्णय गरेका छैनौं। त्यहाँ ठ्याक्कै के भएको हो भन्न सकिने अवस्था छैन। भिडियो फुटेज हरेर हामी छानबिन गर्छौं।”

प्रशिक्षकले शुरूआती ११ मा समावेश नगरेका कारण जगजित रिसाएका थिए। टिमले वार्मअफ गर्दा पनि उनी थिएनन्। तथापि प्रशिक्षक धनेश्वर प्रजापतिले काखे पिलो आएका कारण खेल्न नसक्ने भएकाले जगजितले वार्मअफ नगरेको बताए। तर, जगजित मैदान छिरेर २८ मिनेट खेले। उनै जगजित विवादको कारण बने।

वार्मअफ गर्न नसक्ने खेलाडी कसरी खेल्न सम्भव भयो त ? प्रशिक्षक प्रजापतिले भने, “परिवर्तन गर्ने बेला मात्र तयार पारौं भनेर उनलाई वार्मअप नगराएको हो। तर, टिमलाई चाहिएको बेला खेलाडीले जस्तोसुकै अवस्थामा जे पनि गर्न सक्नुपर्छ। मच्छिन्द्रको विंग्सलाई रोक्नुपर्ने थियो। त्यसका लागि जगजितलाई छिरायौं।”

टिमले ड्रेसिङ रूममा खेलको तयारी गरिरहँदा जगजित रंगशाला बाहिर निस्केका थिए। त्यसबारे प्रशिक्षक प्रजापतिले भने, “गयो होला। उसको आफ्नो कारणले।”

खेल सकिएपछि भएको विवादबारे आफूलाई पूरै अनभिज्ञ झैं देखाउन खोजेका मनाङका प्रशिक्षक प्रजापतिले थपे, “खै, मैले त खासै केही देखिनँ। मैले खेलाडीलाई छेकिराखेको थिएँ। खेलाडीको व्यक्तिगत व्यवहारलाई हामी नियन्त्रण गर्न सक्दैनौं। मैदानभित्र गएर हामीले उनीहरूलाई बाँधेर राख्न पनि सक्दैनौं।”

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले भने खेलाडीले अनुशासनहीन काम गरेको बताए। उनले थपे, “त्यहाँ के भएको थियो भनने दीपक र जगजितलाई मात्र थाहा हुन्छ। दुई खेलाडीलाई थाहा छ। दुई खेलाडीबीच भनाभन वा केही भएको हुनसक्छ।”