छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी(पूर्व), मकवानपुर, धनुषा र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा उनीहरको मृत्यु भएको प्रहरीले जनाएको छ। नवलपरासी(पूर्व)मा एक जना, मकवानपुरमा भएको दुई वटा दुर्घटनामा तीन जना र धनुषा र रुपन्देहीमा एक एक जनाको मृत्यु भएको हो। सबै दुर्घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्