नेपाली सेनाले जितगढीमा म्याराथन गर्दै

काठमाडौं। नेपाली सेनाले ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ आयोजना गर्दैछ।

राष्ट्रिय एकता दिवसका दिन २७ पुसमा मध्यपश्चिम पृतना हेडर्क्‍वाटर बुटवलको संयोजकत्वमा जितगढीमा सो प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगितामा महिला/पुरुषतर्फ म्याराथन र हाफ म्याराथनमा प्रतिस्पर्धा हुनेछ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने सेनाले जनाएको छ।

सेनाका अनुसार १० किलोमिटर र ५ किलोमिटरको वाकथनमा सहभागिता जनाउने विद्यार्थी, महिला तथा सर्वसाधारणका लागि प्रमाणपत्रको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्