कोरोना नियन्त्रणमा जापानको ८० करोड डलर सहयोग एजेन्सी। जापानका प्रधानमन्त्री योसिहिदे सुगाले गरिब देशमा कोरोना नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघमार्फत् ८० करोड डलर दिने घोषणा गरेको छ। कोभ्याक्स कार्यक्रमअन्तर्गत जापानले यो रकम दिन लागेको हो। कोरोना संक्रमण तीव्र बढिरहेको जापानमा भने भ्याक्सिनेसन कार्यक्रम निकै सुस्त छ। कोभ्याक्स कार्यक्रमको सहप्रायोजक जापान हो।कोभ्याक्स कार्यक्रममा संसारका कम आय भएका देशमा निःशुल्क खोप उपलब्ध गराउन ८.३ अर्ब डलर जम्मा गर्ने लक्ष्य छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्