सरकारको तीन बच्चा नीतिप्रति ९० प्रतिशत चिनियाँ असन्तुष्ट एजेन्सी। संसारकै सबैभन्दा बढी जनसंख्या भएको देश चीन यतिखेर घट्दो जन्मदरका कारण चिन्तित छ। त्यसैले सरकारले भर्खरै तीन बच्चा नीति लिएको थियो। तर, सरकारले लिएको नीतिप्रति त्यहाँका ९० प्रतिशत जनता असन्तुष्ट देखिएका छन्। बालबच्चा पाउन भन्दा हुर्काउन महँगो पर्ने हुनाले चिनियाँहरु बच्चा पाउन चाहँदैनन्। तीन बच्चा नीतिबारे अनलाइन सर्वेक्षणमार्फत् प्रश्न गर्दा ९० प्रतिशतमा असन्तुष्टि पाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्